भारतबाट आयो सबैलाइ रुवाउन दुखद खबर !!नेपालिको मृत्यु भैसक्यो …



२३ भदौ, काठमाडौं । भरतमा आज दिउँसो जीप दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये ३ जनाको नाम खुलेको छ ।चालक भारतीय नागरिक अब्दुल आलिम रहीम खानसँगै नेपालको रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १७ का ३० वर्षीय प्रकाश भन्ने जोखाई थारु, सोही ठाउँका प्रेम थारुका छोरा २४ बर्षिय उमेशको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये दुई बच्चा, एक महिला र दुई पुरुषको सनाखत हुन बाँकी रहेको छ । उनीहरुको शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान खुल्न नसकेको हो । दुर्घटनामा सबैको घटनास्थ्लमै मृत्यु भएको प्रहरीले जनाएको छ ।भारतको महाराजगन्ज जिल्लाको पुरेन्द्रपुर भन्ने स्थानमा गोरखपुरबाट सुनौलीतर्फ आउंदै गरेको युपी ५३ सिटी ७१०२ नम्बरको कार र सुनौलीबाट जाँदै गरेको यूपी ५२ टी ४३७७ नम्बरको ट्रक आज दिउँसो साढे २ बजेतीर एकापासमा ठोक्किएको सिमावर्ती ईलाका प्रहरी कार्यालय बेलहीयाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलहियामा साँझ साढे ६ बजेतिर घटनाको जानकारी पाएपछि दुई जना प्रहरीलाई घटनास्थलतर्फ पठाएको जनाएको छ । घटनास्थल सुनौलिबाट झण्डै ४५ किलोमीटरको दुरीमा पर्दछ । ट्याङकरसँग ठोक्किएको कार टुक्राटुक्रा भएको र सडकबाट झण्डै ५० फिट तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको गोरखपुरमा उपचार भईरहेको छ ।

No comments:

Post a Comment