
Controversy Queen Jyoti
Want create site? Find Free WordPress Themes and plugins.
‘छोटो–छोटो सारी मेरो हातमा सुनको बालाकुरा काट्ने मारिरहन्छन् मेरो आफ्नै चाला’
तीज गीत ढाडे बिरालोमा अभिनय गरेपश्चात् सिर्जित विवादलाई प्रतिउत्तर दिन गायिका ज्योति मगरले यो तीज गीत गाइन् । उक्त गीतले पनि दर्शक–श्रोताको उल्लेख्य माया पायो । कि रेखाको चल्छ, कि देखाको चल्छ’ ढाडे बिरालोको म्युजिक भिडियोभित्रै ज्योतिले बोलेको एउटा संवाद थियो । जुन फेमस डायलग बन्यो ।
ढाडे बिरालो गीत सार्वजनिक भएपछि आलोचनाकै बीचमा अमेरिका पलायन भएका गायक रामप्रसाद खनालले फेसबुकमा स्टाटस लेखिदिए– ‘चर्चा कमाउनकै लागि हो भने, देखाएकै भरमा हिट हुने भूत चढेको हो भने, ‘नीलो चलचित्र’ खेल्दा चर्चित हुन झन् छिटो होला बरु त्यतै लाग्छ्यौ कि नानी ?’ लोकगीत र दोहोरी गीत पवित्र क्षेत्र भएकाले यसलाई दूषित नबनाउन खनालले चेतावनी दिएका थिए । खनालले भनेका थिए– ‘तिम्रो नग्नता र उत्ताउलोपनले यो पवित्र क्षेत्रलाई दूषित पार्ने धृष्टता नगर ।’ खनालको यो भनाइलाई पहिलो पोस्ट डटकममार्फत ज्योतिले तोडको जवाफ फर्काइन्– ‘उमेरका हिसाबले म उहाँकी छोरीजस्ती मान्छे हुँ । छोरीजस्ती मान्छेलाई ‘नीलो चलचित्र’ खेल भनेर सुझाव दिनेको औकात के हो भन्ने कुरा हो । जहाँसम्म खेल्ने कुरा रह्यो, नीलो चलचित्रका बारेमा उहाँलाई थाहा रहेछ, बनाउनुस्, खेल्नुस्, त्यो चलचित्रमा आफ्नी छोरीलाई पनि खेलाउनुहोस्, त्यसपछि म पनि खेलुँला ।’
कुनै सुन्दर वस्तु अवलोकन गर्नु मानिसको अधिकार नै हो नि, आफ्नो शरीरको सबैभन्दा आकर्षक पक्ष स्तन नै भएको उनी बताउँछिन् । ज्योति भन्छिन्– मलाई पनि मेरा स्तन सुन्दर लाग्छन्, मानिसहरू शल्यक्रिया गरेर स्तनलाई आकर्षक बनाउँछन् भन्ने सुनेकी छु, तर मैले प्राकृतिक रूपमै कसिलो स्तन पाएकी छु ।’
त्यसो त सबै कार्यक्रममा उनी छोटा पहिरनमै मात्र देखिन्छिन् भन्ने पनि होइन । ओमान, बहराइन, हङकङ आदिका कार्यक्रममा उनी शरीर ढाकिने गरी परम्परागत गुन्यू चोली र गाउनमा पनि प्रस्तुत भएको बताउँछिन् । बोल्ड एन्ड सेक्सी भएपछि आफ्नो सांगीतिक व्यस्तता ह्वात्तै बढेको कुरा उनी स्वीकार गर्न चाहन्नन् । ६ वर्षयता निरन्तर एउटै गतिमा म सांगीतिक कार्यक्रममा सहभागी भैरहेकी छु, तर हालैका दिनमा विभिन्न चर्चा–परिचर्चाले पहिलेभन्दा डिमान्ड बढेको महसुस हुन थालेको छ, ज्योति भन्छिन्– पछिल्ला १ वर्षमा कार्यक्रमको संख्या बढेको छ ।
कतिपय कार्यक्रममा दर्शकहरू ज्योतिलाई हेर्न वा एकपटक छुनसम्म पाउने आशामा हुन्छन् । टुँडिखेलको होलीको कार्यक्रममा दर्शकहरूको भीडले घेरेर माया दर्साएको क्षण उनका निम्ति सधैं स्मरणमा रहनेछ । त्यो दिन उनले आफू सेलिब्रेटी भएको पहिलो पटक महसुस गरेको उनले बताइन् । त्यस्तै, कोटेश्वरको एक ओपन कन्सर्टमा भने भीडभाडमा स्कर्टिङ गर्दै लैजाँदा एक दर्शकले च्याप्पै स्तन समाएको घटना पनि उनी सम्झन्छिन् । ज्योतिले कार्यक्रमहरूमा किस गर्न खोज्ने, ओठ टोक्न खोज्ने थुप्रै दर्शकको सामना गरिसकेकी छिन् । ‘तर म त्यस्तो बेला भाग्न सिपालु छु,’ ज्योति भन्छिन्– ‘यसले के गर्न खोज्यो भन्ने बुझिहाल्छु, उसले हेर्दा हेर्दै म त्यहाँबाट अलप भैसकेकी हुन्छु ।’
नेपाली लोकगीत र संस्कृतिलाई राम्रोसँग बुझेरै आफूले यस्तो छवि निर्माण गरेको दाबी उनको छ । लोकगीतलाई मर्यादित बनाउनुपर्छ भन्नेहरू आफैंले त्यसमा विकृति भित्र्याएका हुन्, ज्योति भन्छिन्– ‘उनीहरू भित्रभित्रै यो क्षेत्रको बदनामीमा सम्लग्न छन्, अनि गालीचाहिँ ज्योति मगरलाई गर्छन् । मौलिक लोकगीतहरूको इतिहास हेर्दा त्यसमा सेक्सीपन व्यापक छ ।’
दोहोरी गायनमा द्विअर्थी शब्द प्रयोग गर्ने ज्योति नियमित संवादमा पनि त्यस्ता शब्द प्रयोग गर्न खप्पिस छिन् । ज्योतिले आफ्नै जीवनसँग मेल खाने गीत पनि गाइसकेकी छिन् । पशुपति शर्माका साथमा गाएको रोइला भाकामा पशुपतिले ‘दोहोरी गाउने, नांगै हिँड्ने यही ज्योति मगर होइन, नत्र गीतै नगाए दोहोरी गाउने भए लामो लुगा लगाए’ भन्दा ज्योतिले जवाफ फर्काएकी छिन्– ‘यही पशुपति आएर, तीजका गीत बिगार्यो, रत्यौली गीत गाएर, यही पशुपति आएर’ । यो गीतलाई युट्युबमा १३ लाख पटक हेरिएको छ । उनी आफ्नो अहिलेको परिचयप्रति कुनै एंगलबाट पनि लघुताभास गर्दिनन् भन्ने कुरा यो गीतका अन्य शब्दमा आफैंमाथि भएको प्रहारलाई सहज रूपमा लिनुबाट पुष्टि हुन्छ । ज्योति भन्छिन्– ‘मैले मौलिक परिचय खोजें, त्यसमा म सन्तुष्ट छु भने अरूले टाउको दुखाउनु आवश्यक छैन । हट एन्ड सेक्सी परिचय नै यो डल्ली मगर्नीलाई सुहाउँदो छ ।’
कन्ट्रोभर्सी नम्बर–१,
मेरो स्तनको मूल्य कति हो ?
सुरुवातमा नेपाल टेलिभिजनमा प्रसारण हुने टि–टाइम शीर्षकको कार्यक्रमलाई दिएको अन्तर्वार्ता प्रतिबन्धित भएपछि ज्योतिको कन्ट्रोभर्सी यात्रा प्रारम्भ भएको हो । उक्त अन्तर्वार्ता हुनुभन्दा केही अघि मात्र ‘पिरतीमा दम छ’ शीर्षकको उनको गीतको प्रोमो नेपाल टेलिभिजनमा बज्न थालेको थियो । तीजको पूर्वसन्ध्यामा उनले उक्त अन्तर्वार्ता दिएकी थिइन् । गुन्यूचोली घलेक र पटुकीमा सजिएर रेकर्डेड अन्तर्वार्ता दिएकी ज्योतिले पछि एउटा समाचारमार्फत थाहा पाइन् उक्त अन्तर्वार्ता सेन्सरमा पर्यो भन्ने कुरा । चोली लगाए पनि क्लिभेज प्रस्ट देखिएकाले राष्ट्रिय च्यानलले उक्त अन्तर्वार्ता प्रसारण नगर्ने निर्णय लिएको थियो ।
कन्ट्रोभर्सी नम्बर–२
स्तन सम्हाल्न नसक्दा
हिमालय टेलिभिजनमा प्रसारण हुने जोगिन्दर पानवालाको अन्तर्वार्तामा पनि उही कुरा दोहोरियो । जोगिन्दर बोले प्रणामजी शीर्षकको उक्त कार्यक्रममा ज्योतिको स्तन आधा देखिएको भनेर कार्यक्रम प्रसारणमा प्रतिबन्ध लगाइयो । ‘ज्योतिले स्तन सम्हाल्न नसक्दा’ शीर्षकमा हिमालय टिभीले पनि अन्तर्वार्ता प्रसारण रोकेको भन्दै अनलाइनहरूमा थुप्रै समाचार आए । नेपाल टेलिभिजनको कार्यक्रम प्रतिबन्धमा परेको हल्ला चलेकै भरमा हिमालय टेलिभिजनको उक्त कार्यक्रम सिकार भएको ज्योतिको भनाइ छ । माउन्टेन टेलिभिजनले पनि उनको अन्तर्वार्ता प्रसारणमा रोक लगाएको समाचार आएका थिए ।
कन्ट्रोभर्सी नम्बर–३
पिरतीमा दम छ
ज्योतिले गाएका हिट नम्बरमध्ये एक हो— पिरतीमा दम छ । यो गीतको म्युजिक भिडियोमा ज्योतिले सेन्सेसनल दृश्यका साथमा उत्तेजक प्रस्तुति दिएकी छिन् । युट्युबमा यो भिडियोलाई १० लाख पटक हेरिएको छ । सानो चोली र छोटो स्कर्टमा नाचेकी ज्योतिले टङ किस दिएको दृश्य पृष्ठभूमिमा देखिन्छ ।
कन्ट्रोभर्सी नम्बर–४
डेनमार्कको कन्सर्ट
वास्तवमा डेनमार्कको कन्सर्टले रिभोलुसन ल्याएको थियो । उक्त कन्सर्टलगत्तै ज्योति सामाजिक सञ्जाल र अनलाइन न्युज पोर्टलमा भाइरल बनेकी थिइन् । आधा स्तन देखिने गरी आफूलाई प्रस्तुत गरेकी ज्योतिले उक्त कन्सर्टमा अपिलिङ प्रिजेन्टेसन दिएकी थिइन् । उनको सेक्सी पर्फमेन्सले सबैतिरको वातावरण एकाएक गर्मायो । उक्त कार्यक्रमको फुटेज मात्र युट्युबमा ३ लाख पटक हेरिएको छ । युट्युबमा असित प्रधान नामका एक दर्शकले हलिउडलाई टक्कर दिने नेपाली पर्फमर भनेर ज्योतिको प्रशंसा गरेका छन् । उनी स्टेजमा चढ्नेबित्तिकै आफूलाई इन्टरटेनरका रूपमा प्रस्तुत गर्छिन् । रमाइला गीत गाउँदै नाची छोटा र छरिता पहिरन नै सजिला हुन्छन्, अप्ठ्यारा पहिरन लगाएर नाच्न सम्भव नहुने उनको तर्क छ । अन्य गायिकाले जस्तो डिजाइनर ड्रेस लगाएर नाच्न सक्दिनँ, त्यो ड्ेरस लगाएपछि हाइहिल लगाउनुपर्यो, फ्ल्याट चप्पल लगाउन मिल्दैन, नाच्दै गाउन मलाई फ्ल्याट चप्पल चाहिन्छ, ज्योति भन्छिन्– ‘लाइट, म्युजिक, साउन्ड, दर्शक र सांस्कृतिक वातावरणले ममा एक प्रकारको तरंग सिर्जना गर्छ, स्टेजमा चढेपछि त झन् आफूलाई नै बिर्सिएर दर्शकलाई मनोरञ्जन गराउन उद्यत् हुन्छु ।’
कन्ट्रोभर्सी नम्बर–५
जापानको कन्सर्ट
कन्ट्रोभर्सी नम्बर–६
दुबईको कन्सर्ट
दुबईको कार्यक्रम प्रारम्भ हुनुभन्दा केही अघि नै हाउसफुल भैसकेको थियो । दर्शक धेरै तर हल सानो भएकाले उक्त कार्यक्रममा सबै दर्शकले सहभागिता जनाउन सकेनन् । उक्त कन्सर्टका क्रममा दर्शकले ज्योतिलाई हेर्न कुर्सी भाँचेको समाचारहरू आए । ज्योतिको गरमागरम प्रस्तुति हेर्न पुगेका युवाहरू हलको पछिल्लो भागमा उभिएर उनको कामुक हाउभाउसहितको गायनमा रमाइरहेका थिए । ‘एकातर्फ सानो हलमा धेरै मान्छे अर्कातर्फ स्टेज पनि होचो भएकाले पछाडि बस्नेहरूले राम्रोसँग हेर्न पाउनुभएनछ,’ ज्योति भन्छिन्– ‘त्यही क्रममा दर्शकहरू कुर्सीमा चढ्न थाले, अनि कुर्सी भाँचिए, लगातार कुर्सी भाँचिएपछि हल म्यानेजरले कुर्सीमा नचढ्न आग्रह गर्दा पनि चढ्ने क्रम नरोकिए विवाद बढेछ ।’ ज्योतिको जोसिलो प्रस्तुति नै युवाहरू आवेशमा आउने र कुर्सी भाँचिने कारण मानियो ।
कन्ट्रोभर्सी नम्बर–७
धनगढीमा ब्याड एक्सपिरियन्स
ज्योतिले प्रस्तुति दिने भनेपछि युवाहरू जोस्सिनु त स्वभाविक हो, तर धनगढी महोत्सवमा भने केही फरक दृश्य देखियो । उनले स्टेजमा प्रस्तुति दिने क्रममा केही युवा ठेलमठेल गर्दै अगाडि आए, अगाडि महिला र वृद्धहरू बसेका थिए । कन्डम फुलाएर आएका ती युवाहरू एकदमै जोस्सिएका थिए । ३०–४० हजार दर्शक भएको महोत्सवको वातावरणलाई नै बिथोल्ने गरी उनीहरू आक्रामक देखिए । ज्योतिलाई एकाएक आयोजकले स्टेज छोड्न दबाब दिए । त्यसपछि स्टेज सम्हाल्न गायक पशुपति शर्मा आए । एकाएक बन्द गर भन्ने आवाजहरू आए, त्यसपछि फेरि ड्डपछि आउने भन्दै उनी बिदा भइन् । ‘धनगढीको उक्त कन्सर्ट मेरा निम्ति ब्याड एक्सपिरियन्स थियो,’ उनले भनिन्– ‘केही दर्शक रमाइरहेकै बेला केही दर्शक आवश्यकभन्दा बढी आवेशमा आउँदा अरू गीत गाउन पाइनँ ।’ त्यसो त धनगढीजस्तै बर्दियामा भएको कार्यक्रममा ज्योतिको प्रस्तुति हुने भनेपछि आयोजकले सुरक्षाकर्मी नै थप्नुपरेको थियो । गीत गाउँदा–गाउँदै स्टेजबाट झरेर दर्शक नजिक पुग्दा आवेशमा आएका दर्शकहरू उनलाई छुन अघि बढे । त्यही क्रममा प्रहरीले लाठी चार्ज गर्नुपर्यो जसमा एक जनाको टाउको नै फुट्यो ।
कन्ट्रोभर्सी नम्बर–८
ढाडे बिरालो
सबैभन्दा चर्चित कन्ट्रोभर्सी डाढे बिरालो सार्वजनिक भएपछि सिर्जना भएको थियो, जसमा उनको रातो कट्टु प्रस्ट देखिएको र स्तन देखाउने हिसाबले आफूलाई प्रस्तुत गरेको आरोप लाग्यो । गीतको शब्द अश्लील भए पनि ज्योतिको अभिनय अझ अश्लील र कामुक भएको भनियो । त्यसैले उक्त गीतमाथि नै प्रतिबन्ध लगाउने अभियान चल्यो । यद्यपि ढाडे बिरालो युट्युबमार्फत चर्चित भैसकेको थियो । ‘गीत लेख्ने, गाउने, भिडियो बनाउने मध्येलाई केही भनेनन्, सबै मतिरै खनिए,’ ज्योतिले भनिन्– ‘त्यतिले मात्र नभएर हँुदै नभएका स्क्यान्डल सिर्जना गरेर मलाई बदनाम गर्न खोजियो ।’
कन्ट्रोभर्सी नम्बर–९
सामाजिक सञ्जालमा अश्लीलता
ज्योति मगरका सेक्सी लुक्स सामाजिक सञ्जालमा निरन्तर पोस्ट भैरहेका हुन्छन् । उनको व्यक्तिगत फेसबुक एकाउन्टबाहेक अर्को फ्यान पेज पनि छ, जसमा ८५ हजार दर्शकले लाइक गरेका छन् । ज्योति आफैं पनि आफ्ना हट एन्ड सिजलिङ तस्बिर फेसबुकमा पोस्ट गर्छिन् । उनका विभिन्न कार्यक्रमका तस्बिर पनि त्यहाँ ट्याग हुन्छन् । ती कामोत्तेजक तस्बिरले भ्युअर्सहरूमा उत्तेजना नै सिर्जना गर्छन् । त्यसमा आउने अधिकांश कमेन्ट पनि अश्लील हुन्छन् । त्यहाँ प्राप्त प्रतिक्रियाप्रति ज्योतिको खासै चासो देखिँदैन ।
कन्ट्रोभर्सी नम्बर–१०
बालाजु अफवाह
‘रातो साडी रातै छ कलर, एक रात सुत्न १ हजार डलर’ शीर्षकको तीज गीत छायांकन गर्ने क्रममा पार्टी प्यालेसमा मेकअप गरेर तयार भएकी ज्योतिलाई स्थानीय महिलाहरूले कुटेको समाचार एकाएक भाइरल भयो । जबकि उनी त्यो दिनभर कोटेश्वरमा थिइन् । अहिले तपाईंलाई कस्तो छ, नराम्रो घटना भएछ है भनेर लगातार फोन आएपछि उनले छक्क पर्दै के भएको छ र ? भन्दै गइन् । केही क्षणमै वास्तविकता अगाडि आइहाल्यो । ‘म त छक्कै परें, अघिल्लो दिनको बेलुकासम्म पनि बालाजुको बाइसधारामै मेरो तीज गीतको भिडियो छायांकन हुने सल्लाह थियो, अन्तिम अवस्थामा प्राविधिक कुरा नमिलेर छायांकन स्थगित भएको थियो,’ ज्योति भन्छिन्– ‘मलाई बदनाम गर्ने उद्देश्यले नजिकका मानिसले नै हल्ला फैलाएका रहेछन् ।
कन्ट्रोभर्सी नम्बर–११
धमलाको हमला
तीजकै समयमा हिमालय टेलिभिजनबाट प्रसारण हुने धमलाको हमला कार्यक्रममा ऋषि धमलाले गरेका उत्तेजक प्रश्नको सटीक र बेवाक उत्तर दिएर उनी थप चर्चामा आइन् । उक्त कार्यक्रममा ज्योतिलाई धमलाले बिकिनीमा देख्न चाहेको भन्ने जिज्ञासामा आफ्नो फिगर बिकिनीका लागि फिट नभएको बताइन् । डल्ली र मोटी छु, त्यसैले पनि बिकिनीमा देखिन चाहन्न, उनले भनेकी छिन् । छोटा पहिरन लगाउँदा केटाहरूलाई गाह्रो हुँदैन भन्ने प्रश्नमा केटाहरूलाई चाहिँ होइन, बरु बूढाहरूलाई गाह्रो हुन सक्ने ज्योतिको जवाफ थियो । धमलाले तपार्इं भर्जिन हो ? भनेर सोधेपछि ज्योतिले उल्टै प्रतिप्रश्न गरिन्, के तपाईंचाहिँ भर्जिन हो ? त्यसपछि प्रश्नकर्ता धमला आफैं अक्क न बक्क भए । ज्योति मगरले धेरै नै देखाई भन्नेहरूलाई के भन्नुहुन्छ ? भन्ने प्रश्नमा कि त ज्योति मगरलाई हेर्दै नहेर्नु हेरेर आनन्द लिएपछि किन गाली गर्नु ? –उनको उत्तर थियो । धमलाको हमला भनिए पनि ज्योति मगर उल्टै धमलामाथि नै हमला गर्ने शैलीमा प्रस्तुत भएपछि यो कार्यक्रमले निकै चर्चा पाएको थियो ।
कन्ट्रोभर्सी नम्बर–१२
अनलाइन खबरको फोटोसुट
ज्योति मगरले हट फोटोसेसन गर्ने क्रममा अनलाइन खबर डटकमका लागि खिचाएको तस्बिरले उत्तिकै चर्चा पायो । शरीर झुकाएर उनले आफ्ना उन्नत स्तन देखाएकी थिइन् । कालो सर्ट, कालै हाफपाइन्ट लगाएर विभिन्न पोजमा खिचिएको उक्त फोटोसुटमा स्तनलाई नै फोकस गरिएको छ । श्रीधर पौडेलले खिचेका ती तस्बिर सार्वजनिक हुनेबित्तिकै एकाएक भाइरल बन्न पुगे । यसैगरी गत असारमा धान रोपाइँको उनको फोटोसेसन पनि वक्ष प्रदर्शनकै कारण चर्चामा आयो ।
No comments:
Post a Comment