काठमाडौं। नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको कार्यदलले चुनावी तालमेलको टुंगो लगाउन नसकेपछि त्यसको जिम्मा नेपाली कांग्रेसलाई दिईएको छ ।
आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनमा रहने दलले के कति संख्यामा सिट लिने भन्ने विषय टुंगो लगाउन नसकेपछि कार्यदलले त्यसको अन्तिम टुंगो लगाउने जिम्मा कांग्रेसका शिर्ष तहका नेतालाई दिएको हो । दुई दिन सम्म बसेको कार्यदलले सिट, जिल्ला र पार्टीको छिनोफानो गर्ने जिम्मा कार्यदलको संयोजक समेत रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई दिईएको कार्यदलका सदस्य रामजनम चौधरीले जानकारी दिए ।
स्थानीय हको निर्वाचनमा पार्टीले प्राप्त गरेको सिट, मत तथा अघिल्ला दुई संविधानसभाको निर्वाचनमा पाएको मतका आधारमा शिर्ष नेतासंग परामर्श गरि सिट र क्षेत्र निर्धारण गर्ने सहमति कार्यदलमा भएको छ । कार्यदलको बैठकमा सहभागि विभिन्न पार्टीका नेताले सिट संख्यामा आआफ्ना दाबी गरेपछि त्यसको टुंगो सबै भन्दा ठुलो पार्टी कांग्रेसका शिर्ष नेताबाट लगाउन लागिएको हो । कुन पार्टीले कति सिट लिने र कुन क्षेत्र भन्ने निक्र्यौल भएपछि मात्रै आफुहरु जिल्लामा परिचालित हुने नेता रामजनम चौधरीले जानकारी दिए ।
No comments:
Post a Comment