एजेन्सी। अमेरिका र उत्तर कोरियाको तनावका बीचमा यदि युद्धको स्थिति आयो भने सुरुका केही मिनेटमै २० लाख निर्दोषको ज्यान जाने तथ्यांक सार्वजनिक भएको छ । उत्तर कोरियाको गतिविधिमा अनुसन्धान गरिरहेको एक न्यूज एजेन्सीले जनाएअनुसार केही मिनेटमै ७० लाख निर्दोष घाइते हुनेछन् ।
अमेरिकासँग तनाव बढिरहेका बेला अमेरिकाको समर्थन गर्ने आफ्ना दुई छिमेकी जापान र दक्षिण कोरियालाई उत्तर कोरियाले पहिलो निशाना बनाउने रिपोर्टमा दावी गरिएको छ । योनहप न्यूज एजेन्सीले तयार पारेको रिपोर्टमा जापानको टोक्यो र दक्षिण कोरियाको सियोल सबैभन्दा खतरामा छन् । उत्तर कोरियाको अहिलेको शिक्त देखेर यो रिपोर्ट बनाइएको हो । उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बम परक्षिण र जापानमाथि दुई मिसाइल हानेलगत्तै यो रिपोर्ट आएको हो ।
उत्तर कोरियासँग अमेरिकालाई सिधा प्रहार गर्न सक्ने शक्ति अहिले विकसित भइसकेको छैन । तर, अमेरिकालाई तर्साउनको लागि उसले अमेरिकाका सहयोगीहरुलाई निशाना बनाउने पक्का छ । यस अवस्थामा सबैभन्दा बढी खतरामा सियोल र टोक्यो पर्नेछन् । कोरियाली प्रायद्विपमा जापान र दक्षिण कोरिया अमेरिकाका सबैभन्दा नजिकका सहयोगी हुन्
No comments:
Post a Comment