युएईमा अस्पताल पुगेर पनि उपचार पाएनन् जीवनले, रेखदेख गर्न नेपालबाट भाइ आउँदै



पुस १७ - फराकिलो बाटो । सय किलोमिटर प्रतीघण्टा दौडिने सवारी साधन । त्यही दौडिरहेको गाडीले अचानक ठक्कर दियो भने के होला !

ज्यानै गए त दुःख लुकायो भन्न सकिएला । तर त्यसो भएन भने । अनि उपचार पनि नपाउने अवस्था आयो भने !

कल्पना गरिनसक्नु हुन्छ ।

यी सबै भोगाई झापाका जीवन रानाका हुन् ।



नौ वर्ष पहिले रोजगारीका लागि युएई आएका झापाको सुरुङ्गा ३ का जीवन राना गएको हप्ता अचानक दुर्घटनामा परेपछि यस्तो भोग्न बाध्य हुनुहुन्छ । त्यही दुर्घटनाले जीवनलाई मरनको अवस्थामा सारजाहमा रहेको कुवेती अस्पतालको अर्थोपेडी वार्डमा पुर्‍यायो । ढाडको हड्डी भाँचिएको, हात खुट्टा सग्ला रहेनन् ।

जीवन रसअलखेमामा रहेको रोटाना सेक्युरिटी कम्पनी मार्फत सारजाहको अन्सार मल नजिकैको अग्लो टावरमा चौकिदारी गर्नुहुन्थ्यो ।

अस्पतालमा ढलिरहेका जीवनलाई चोटको पीडा कति होला ! अनुमान गर्न गाह्रो छैन । तर त्यो भन्दा धेरै पीडा अभावको छ । उपचारका लागि चाहिने खर्च कसरी जुटाउने भन्ने छ । उपाय छैन । छ त केवल सहयोगको आश मात्रै बाँकी छ ।

अस्पतालले उपचारमा माटो रकम चाहिने जानकारी गराइसकेको छ । सात देखी दश लाख रुपैयाँ लाग्ने बताएको एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

कम्पनीले कुनै वास्ता गरेको छैन । अस्पताल पुगेको एक हप्ता बित्दा पनि खर्च जुटाउन नसक्दा उपचार सुरु हुन सकेको छैन ।

यो खबर परिवारले थाहा पाइसकेको छ । परदेशमा दाइको यो अवस्था सुनेपछि भाइ सरोज युएई आउने तयारीमा छन् । एनआरएन युएईको सहयोगमा भिजिट भिसामा आएर दाइको रेखदेख गर्न आउन लागेका हुन् ।

जीवनलाई भेट्न साथीभाइ र यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी पुगेका छन् । उहाँलाई भेटेपछि सहयोग गर्ने बताएका छन् ।परिवार उपचार खर्च जुटाउन सक्ने अवस्थामा छैनन् । ३२ वर्षीय जीवनको घरमा श्रीमती सँगै १६ महिने छोरी छन् ।

जीवनको बाँकी जीवनको आशा नै तिनै सहयोगीहरु छन् ।

यो भिडियो हेर्नुहोस तपाई पनि गर्बले छाती ठुलो बनाउनु हुन्छ र भन्नु हुन्छ यस्तो पो हुनु पर्छ | भिडियो हेर्नुहोस

९ महिनाकी गर्भवती रुख चढेपछि



भनिन्छ गर्भअवस्थामा रहेको शिशुको सुरक्षाका लागी आमाले विशेष सावधानी अपनाउनुपर्छ ।












जसका लागी गह्रौ सामान नउचाल्ने, प्रशस्त आराम गर्ने लगायतका उपायहरु चिकित्सकले गर्भवती महिलालाई निरन्तर सुझाव दिइरहेका बेला एक ९ महिनाकी गर्भवतीले रुख चढेको भिडियो सामाजिक संजालमा भाइरल बनीरहेको छ ।



गर्भवती महिला कति संवेदनशिल तरिकाले आफ्नो शरीरको ख्याल गर्ने नियम र सिद्धान्त विपरित यि महिलाले चालेको साहसिक कदमको धेरैले प्रशंसा गरेका छन् भने कतिपयले गर्न नहुने काम भनेर आलोचना गरेका छन् । तर तस्विरमा देखिएकी यि महिलाले भने रमाइलोका लागी यस्तो हर्कत गरेको बताइन्छ ।

मुसहर बस्ती निर्माणमा जुटे धुर्मुस-सुन्तली, गाउँ पुग्दा भव्य स्वागत, यस्तो छ मुसहरहरुको अवस्था


प्रियंका चोपडाले बनाएको नेपाली चलचित्र जहा आफ्नो पनि सानो भूमिका रहेको सानो झलक सार्बजनिक.पहिलोपल्ट नेपाली भेषभुषामा नेपाली बोल्दै प्रियंका चोपडा.कस्तो रहेको छ प्रियंका अभिनित नेपाली चलचित्र,ट्रेलर सार्बजनिक(भिडियो


अनलाइन बाट बेश्या हरु खोज्ने र सम्पर्कमा ल्याउने तरिका हेर्नुहोस कलेज देखि नायिका हरु सम्म यो पेसामा संलग्न भिडियो +१८ ले मात्र>>>>


आफ्नो ब्वायफ्रेन्ड लाइ धोका दिएर अर्कै ब्वायफ्रेन्ड लिएर हिड्ने यी रुपकी घमण्ड भएकी युवती लाइ यसरि सार्बजनिक ठाउँमा कपाल मुण्डन् गरेर सामाजिक संजालमा हाले हेर्नुहोस धोकेबाज प्रेमिका लाइ भिडियो सहित