नाजिरले फिल्मको कथावस्तु निकै मन परेका कारण काम गर्ने योजना बनाएको बताएका छन् । यसका साथै ड्रिम्स सिनेमा हेरेपछि साम्राज्ञीका फ्यान भएका उनले उनीसँग काम गर्न पाएको मौकालाई पनि गुमाउन चाहेनन्
शिषिर राणाको निर्देशन र निर्माण रहेको सिनेमा तिमीसँगमा नाजिर हुसैन र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई देख्न पाईने भएको छ । त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो सिनेमामा साम्राज्ञी र नाजिर बाहेक आकाश श्रेष्ठको मुख्य भूमिका रहनेछ ।
नाजिरले फिल्मको कथावस्तु निकै मन परेका कारण काम गर्ने योजना बनाएको बताएका छन् । यसका साथै ड्रिम्स सिनेमा हेरेपछि साम्राज्ञीका फ्यान भएका उनले उनीसँग काम गर्न पाएको मौकालाई पनि गुमाउन चाहेनन् ।
नाजिरले फिल्मका कलाकारहरुको प्रशंसा गर्दै राम्रो कलाकारहरुसँग काम गर्न पाउनु भनेको भगवान पाउनु भएको पनि जानकारी दिएका छन् ।
त्यस्तै अभिनेत्री साम्राज्ञी पनि नाजिरको चर्चाबाट उनीसँग काम गर्ने चाहमा थिईन् । जुन चाह पूरा भएको छ ।
यस बारेमा बोल्दै उनले नाजिरसँग काम गर्न पाउनु भनेको अर्को चुनौती थपिनु भएको बताएकी छिन् । सिनेमाको छायांकन पुस १५ बाट सुरु हुने छ । चलचित्र काठमाडौँ, पुनहिल, पोखरा र जनकपुरमा छायांकन हुने बताईएको छ
Subscribe to:
Post Comments (Atom)
-
मिस तनहुँ २०१५ साथै प्रोफेशनल स्टन्ट राइडर सुजना श्रेष्ठ देश भरीका हजारौं राइडरहरुसंगै कडा मेहनतका साथ प्रतिस्पर्धा गर्दै बजाज कम्पनीले आयोज...
No comments:
Post a Comment