अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पकी छोरी इभांकामाथि टिप्पणी गर्ने एक यात्रुलाई विमानबाट उतारिएको छ । गत बुधबार इभांका आफ्ना श्रीमानसँगै क्रिसमसको छुट्टी मनाउन हवाई यात्रा गर्ने क्रममा उनलाई एक व्यक्तिले नकारात्मक टिप्पणी गरेका छन् ।
न्यूयोर्कको जोन एफ केनेडी इन्टरनेशनल एयरपोर्टमा जेट ब्लू एयरवेजको फ्लाइटमा बोर्ड गर्ने क्रममा उनको नजिक बसेका एक व्यक्तिले ट्रम्पको नाम लिएर इभांकालाई तथानाम गाली गरेका हुन् । उनले भने, ‘ओ माई गड, दिस इज अ नाइटमेयर (यो एउटा नराम्रो सपना हो) । तिम्रो बुवाले हाम्रो देश बर्बाद गरिरहेका छन् ।’
त्यसको केहिबेर पछि ती व्यक्तिलाई उनको श्रीमतीसँगै विमानबाट उतारियो । घटनाको जानकारी यसै फ्लाइटमा सवार ड्यान नामका एक यात्रुले आफ्नो वेबसाइटमा गरेका छन् ।
ड्यानका अनुसार इभांका र पति जेयर्डले ती व्यक्तिको कुरामा त्यति ध्यान दिएनन् । उनी आफ्ना छोरासँगै जिस्किरहेका थिए ।
– इभांकालाई तथानाम गाली गर्ने व्यक्ति ब्रुकलिनमा बस्ने एक वकिल हुन् । उनको नाम गोल्डस्टेन हो ।
– गोल्डस्टेनकी श्रीमती म्याथ्युले ट्वीटरमा लेखेकी छिन्, ‘इभांका आफ्नो परिवारसँग हामी चढेको विमानमा सवार थिइन् । मेरा श्रीमानले आफ्नो असन्तोषलाई शान्त शब्दमार्फत व्यक्त गरेका थिए । यसलाई एयरवेजका अफिसरहरुले गलत ढङ्गले लिए र हामीलाई विमानबाट उतारिदिए ।’
– यस विषयमा इभांका र उनको परिवारले केही टिप्पणी गरेको छैन ।
No comments:
Post a Comment