तिवारीको शवयात्रामा हजारौँ सहभागी, ८० वर्षीया आमाको आग्रहमा देवघाटमा अन्त्यष्टी ।







६ पुस । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको बुधबार साँझ अन्त्यष्टी गर्ने तयारी भएको छ । तिवारीको सोमबार गोली हानी हत्या भएको थियो ।

बुधबार ११ बजे शवयात्रासहित उनको शव पुष्पलालपार्कमा लगिएको थियो । त्यहाँबाट साँझ साढे ४ बजे शवयात्रा सुरु भएको थियो । परिवारको शव उनका आफन्तले बुझ्न मानेका थिएनन् । परिवारले हत्यामा संलग्न पक्राउ नपरुञ्जेल शव नबुझ्ने अडान लिएका थिए । तर, स्थानीय प्रशासनले सहिद घोषणाको सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनको अन्त्यष्टी गर्न युवा संघ र परिवार तयार भएका हुन् ।

बुटवलको लुम्बिनी अञ्चल अस्पतालबाट निकालिएको शव यात्रामा हजारौं सहभागी भएको युवा संघ उपाध्यक्ष दीलु पन्तले जानकारी दिइन् । तिवारीका ८० वर्षीया आमा देउरुपा र २७ वर्षीया पत्नी रेनुको आग्रहमा उनको अन्त्यष्टी देवघाटमा गर्ने तयारी भएको छ । शव यात्राका क्रममा वाटो वरीपरी हजारौँ मानिसहरु लामबन्द भएर ‘हाम्रो दुर्गा अमर रहून’ भन्दै फुल हात–हातमा बोकेर बसेको पन्तले जानकारी दिइन् ।

शवयात्रामा एमाले उप–महासचिवहरु विष्णु पौडेल, घनश्याम भुसाल, युवा संघ अध्यक्ष राजीव पहारी, उपाध्यक्ष पन्त, महासचिव किरण पौडेल, सचिवहरु अशोक चन्द, नरेश शाहीलगायत सहभागी थिए

No comments:

Post a Comment