कुकुरको शव यात्रा
पुस ६, २०७३- सदरमुकाम स्याङ्जा बजारमा बुधबार बिहान बटुवाका लागि एउटा दृश्य अचम्म लाग्ने थियो । मान्छेहरू कुकुरको शव यात्रा गरिरहेका थिए । सहभागीमध्ये केही भावुक पनि देखिए ।
अघिपछि ठाडोलाइन बजारमा देखिने सेते कुकुरको शवयात्रा थियो यो । मान्छे जसरी नै बाँस खटमा मरेको कुकुर सुताइएको थियो । त्यसमाथि सेतो कात्रो, हरे राम लेखिएको बर्को ओढाइएको थियो ।
आँधीखोला किनारको मालेबगर पुगेको २२ जनाको समूहले खल्डो खन्यो र, विधिपूर्वक त्यसको आत्माको चीरशान्तिको कामना गर्दै गाड्यो ।
‘२४ वर्षदेखि हाम्रो ठाडोलाइनको रखवाली गर्दै आएको थियो,’ स्थानीय जोगनारायण श्रेष्ठले भने, ‘सानैदेखि हुर्काइयो, आज्ञाकारी थियो । केटाकेटी बुढाबुढी सबैको प्यारो थियो ।’ विधि पुर्याएर अन्त्येष्टि गरिएको उनले बताए ।
मंगलबार साँझसम्म सामान्य अवस्थामा देखिएको सेते बुधबार बिहान मृत फेला परेको उनले बताए । ‘हामी सबै टोलबासीलाई नरमाइलो लागेको छ,’ उनले भने, ‘कुकुर तिहारको एक दिनमात्रै पूजा गरेर कुकुरले गर्ने भलाइको गुन तिर्न सकिँदैन भनेर धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्ने सल्लाह भयो ।’
केही दिनदेखि विरामी जस्तो देखिएको सम्झना गर्दै अर्का स्थानीय राजकुमार आचार्यले भने, ‘बुढो भएर कालगतिले मरेको हुनुपर्छ
Subscribe to:
Post Comments (Atom)
-
म मेरो वास्तविक कथा सुनाउदै छु , मेरो घर ओख्स्लढुङ्गा हो !म फुपुको घर काठमाडौ जान भनेर हिँडे ।। करिब एक दिन भरिको बसको यात्रा पछि म काठमाडौ ...
No comments:
Post a Comment