दलहरुलाई धम्क्याएर किन भारत जान लागे ज्ञानेन्द्र ?
मंसिर– पूर्वराज ज्ञानेन्द्र शाह अर्को महिना भारत भ्रमणमा जाने भएका छन् ।
उडीसाको पुरीस्थित गोवद्र्धन पीठमा आउँदो माघ ५ देखि ७ गतेसम्म हुने विमला भवानीको मूर्ति प्रतिस्थापन विशेष सहारोहमा उनी त्यसतर्फ जान लागेका हुन् ।
सोही स्थानमा शंकराचार्य जगद्गुरु स्वामी निश्चलानन्द सरस्वतीको आश्रम पनि रहेको छ ।
उनले पहिलो दिनको कार्यक्रममा सहभागिता जनाउने इच्छा प्रकट गरेको जनाइएको छ ।
पूर्वराजा नै भए पनि कुनै बेला विश्वको एक मात्र हिन्दु सम्राट भएको हिसाबले उनलाई त्यहाँ निम्त्याइएको हुन सक्ने स्रोतहरुले बताएका छन् ।
उडिसा जाँदा भारतका अन्य क्षेत्रमा पनि उनले भ्रमण गर्नसक्ने र कूटनीतिक तथा राजनीतिक भेटघाट पनि हुन सक्ने स्रोतहरुले बताएका छन् ।
नेपाल समाचार पत्रबाट
Subscribe to:
Post Comments (Atom)
-
म मेरो वास्तविक कथा सुनाउदै छु , मेरो घर ओख्स्लढुङ्गा हो !म फुपुको घर काठमाडौ जान भनेर हिँडे ।। करिब एक दिन भरिको बसको यात्रा पछि म काठमाडौ ...
-
पन्ध्रदेखि बीस वर्षसम्मका विवाहित किशोरीमध्ये १८ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन । ४१.५ प्रतिशतले साधन प्रयोग गर्...
No comments:
Post a Comment