प्रचण्डको कुर्सी सेनाकै कारण धरापमा ! सेनाले दियो पदच्युत गर्ने चेतावनी





काठमाडौंः गण्तन्त्र नेपालको निर्वाचित पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालिन प्रधान सेनापति रुक्मांगद कटवालले ‘कु’ गरेपछि नौ महिनामै प्रधानमन्त्रीको कुर्सीबाट बाहिरिनुपरेको थियो ।

अहिले प्रचण्ड प्रधानमन्त्री भएकै समयमा भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘लबिङ’ थालेको खबरले प्रधानमन्त्री प्रचण्डको कुर्सी सेनाकै कारण धरापमा पर्ने देखिएको छ ।

भारतीय यो प्रस्ताव सार्वजनिक भएपछि नेपाली सेना प्रधानमन्त्री पुुष्पकमल दाहालसंग आक्रोशित भएको छ । प्रधानमन्त्री प्रचण्डको कुर्सी यही विषयले धरापमा पर्ने संकेत भने नेपाली सेनाले दिएको छ ।

प्रचण्ड नेतृत्वमा सरकार बनेपछि भारतीय हस्तक्षेप बढेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध गरिराखेका बेला भारतबाट नेपाली सेना आफ्नो मातहतमा राख्नुपर्ने प्रस्ताव गरेपछि नेपाली सेना प्रधानमन्त्रीसँग रुष्ट बनेको हो । भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआईएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको ‘कमान्ड’अन्तर्गत रहने शान्ति मिसनमा लैजान भारतले औपचारिक रुपमै प्रस्ताव गरेपछि सेना प्रधानमन्त्रीसँग रुष्ट भएको हो ।

उच्च सैनिक अधिकारीले भारतीय सरकारबाट आएको प्रस्तावको विषयमा सरकारले छलफल चलाए गम्भीर दुर्घटना हुने चेतावनी दिइसकेको छ । जंगी अड्डाले सरकारले देशद्रोही प्रस्तावलाई अगाडि बढाए राष्ट्रियता खतरामा पर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएको हो ।

यस अघि भारतले दक्षिण एसिया क्षेत्रका सबै देश सार्क मार्फत युएनमा जानुपर्ने प्रस्ताव अघि सारेको थियो । तर, पाकिस्तानसँगको तनावपछि भने भारतले नेपालमाथि कब्जा जमाउने नियतले नेपाली सेनालाई युएनको शान्ति मिसनमा लान प्रस्ताव गरेको हो ।

यो भारतको पहिलो प्रयास भने होइन । भारतले पाकिस्तानसँगको दूरी बढेपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको थियो । त्यसमा अन्य देशले सहमति नजनाएपछि भारतले नेपालको राजनीतिक तहमा ‘लबिङ’ सुरु गरेको हो । भारतले यो विषयमा लामो समयदेखि लभिङ गरेको भए पनि औपचारिक प्रस्ताव भर्खरै सार्वजनिक गरेको हो ।

सेनाले आन्तरिक छलफललाई तिब्रता दिएर भारतीय प्रस्तावमा सरकारले सहमति जनाए सरकार नै खतरामा पर्ने चेतावनी दिएको हो । यो प्रस्ताव राष्ट्रघाती भएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइराखेकै समयमा सेनाले प्रधानमन्त्रीलाई निर्णय गर्नुअघि विचार पुर्याउन चेतावनी दिएको हो ।

No comments:

Post a Comment