मोदीलाई बेहुलो र मधेशका नेतालाई लोकन्तो बनाएर तराईलाई अन्माउन चाहन्नौ : नेता भण्डारी

जनार्दन घिमिरे गुल्मी, ५ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदश्य एवं सभाषद् चन्द्र भण्डारीले नेपाली जनताले आफ्नो संविधान आफै बनाउँदा भारतले नाकावन्दी गर्नु नेपाली जनताकोलागि कदापि स्वीकार्य नभएको वताउनु भएको छ । जस्तोसुकै दुख पाएपनि आफुहरु दुखको सामना गर्न तयार भएको तर भारतसँग झुक्न नचाहेको समेत वताउनु भयो । गुल्मीको पल्लीकोट गाविसमा पूर्ण सरसफाई युक्त वडा घोषणा सभामा बोल्दै नेता भण्डारीले उक्त कुरा वताउनु भएको हो । कार्यक्रमका उनले भारतको प्रधानमन्त्रीले नाकाबन्दी लगाएर भनेर, उनलाई वेहुलो बनाई तराईका केही नेतालाई लोकन्तो बनाएर आफुहरुले तराईलाई अन्माउन नसक्ने बताउनु भयो । नेता भण्डारीले नेपाललाई नाकावन्दी गर्ने भारत र विश्वको शक्तिशाली अमेरीकाले एक सय वर्षमा पनि वनाउन नसक्ने संविधान नेपालले वनाएको दावी गर्नु भयो । संविधानमा केही कमी कमजोरी शव्दको हुनसक्छ तर त्यसलाई पनि सच्याउन सकिने भन्दै भण्डारीले नेपालको समस्या नेपालीहरुले नै समाधान गर्न सक्ने भएकोले छिमेकीहरुलाई टाउको नदुखाउन आग्रह समेत गर्नु भएको छ । गाविस स्तरीय सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा संचालीत उक्त कार्यक्रममा पल्लीकोट गाविस अन्र्तगत ४ र ६ वार्डलाई सरसफाई सुचकांकका आधारमा पूर्ण सरसफाई युक्त वडा घोषणा कार्यक्रममा सथानयि विकास अधिकारी डिलाराम पन्थीले प्रतिवद्धतापत्रको सपथ खुवाउनु भएको थियो । गरिएको हो । यस आर्थिक वर्षमा पल्लीकोट गाविसलाई पूर्ण सरसफाई युक्त गाविस घोषणा गर्ने लक्ष्य राखिएको समेत गाविस सचिव मेघलाल पाण्डेले वताउनु भयो ।

No comments:

Post a Comment