वेलायतमा रहेकी प्रियंका ड्रेसका कारण चर्चामा



आफूले लगाएको पहिरनप्रति सचेत रहने तथा पहिरनकै कारण चर्चामा आउने नायिकामा पर्छिन्– प्रियंका कार्की । नेपाली सिनेमा जगतमा कतिले उनलाई फेसन ट्रेण्ड चेन्जरको रुपमा पनि लिने गर्छन् ।

सामान्य कार्यक्रम होस् या कुनै फिल्मको प्रिमियर प्रियंका पहिरनको विषयमा सधैँ सचेत हुने गरेको देखिन्छ । उनले कुनै पनि पहिरन दोहोर्याएर नलगाउने गरेको भनिन्छ ।

हाल नयाँ चलचित्र ‘ह्याप्पी डेज’को छायाँकनको सिलसिलामा युकेमा रहेकी नायिका प्रिंयका पुनः एक पल्ट पहिरनको कारण चर्चामा छिन् ।

युकेमा उनी अभिनित चलचित्र ‘पुरानो डुंगा’को प्रिमियरमा पुगेकी प्रियंकाको पहिरनले सबैलाई तानेको छ ।

कालो गाउनको खुट्टाको केहि भाग चिरेको पहिरनमा प्रियंका खुलेकी देखिन्छिन् ।

No comments:

Post a Comment