बाबुआमाले नै दोस्रो बिहे गरेपछि छोराछोरीको बिचल्ली
बाआमाले नै दोस्रो बिहेगरेपछि गोरखा डाँडेगाउँकी पुतली चेपाङको बिचल्ली भएको छ ।
पुतलीकी आमा अर्कैसँग हिँडेको केही समयपछि बुबा एकबहादुरले पनि कान्छीआमा ल्याएर हिँडेपछि पुतलीसँगै उनका दाइदिदीको बिचल्ली भएको हो। पुतलीलाई अहिले हजुरआमा धनमाया चेपाङले पालिरहेकी छन्।
‘बिहान खोलेफाँडो पकाउँछु । साँझमा उसिनेको पिँडालु खान्छौं’ धनमायाले भनिन्, ‘बाआमाले नै छाडेपछि नातिनातिनीको बिजोग भएको छ ।’
पुतलीका दुवै दाइहरु भारतको हिमाञ्चलमा छन् भन्ने खबर आएको धनमायाले वताइन् ।
बाआमाको गैरजिम्मेवारीका कारण किताब कापी बोकेर विद्यालय जानु पर्ने उमेरमा अहिले पुतली हजुरआमासँग वनमारा घारीमा बाख्रा चराउँन जान्छिन् ।
‘स्कुल जान मान्दिन, भर्ना पनि गरेको छैन ।’ धनमायाले भनिन्, ‘म जहाँ गयो त्यहीं जान्छे । राति पनि सँगै सुत्छौं ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।
Subscribe to:
Post Comments (Atom)
-
मिस तनहुँ २०१५ साथै प्रोफेशनल स्टन्ट राइडर सुजना श्रेष्ठ देश भरीका हजारौं राइडरहरुसंगै कडा मेहनतका साथ प्रतिस्पर्धा गर्दै बजाज कम्पनीले आयोज...
No comments:
Post a Comment