बिहेमा केटी जिस्काएको झोकमा मोटरसाइकलमाथि आगजनी :: पुरा समाचार पढ्नुहोस्>>






नारायण खड्का, दाङ, ७ पुस - दाङको एउटा बिहेमा गएका व्यक्तिले केटी जिस्काएपछि ती व्यक्तिको मोटरसाइकलमा आगजनी भएको छ।

दाङको धर्ना गाविस वडा नं २ कप्तान चोकमा बिहेमा गएका सौडियार ४ निवासी राज चौधरीले केटी जिस्काउँदा उनको रा १ प ५३६१ नम्वरको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए।

केटी जिस्काएको विषयले उग्ररुप लिँदा सौडियार चौधरी भागेर ज्यान जोगाउन सफल भएका थिए। उनी फरार भए पनि उनको मोटरसाइकलमा भने स्थानीयले आगजनी गरेको एसपी सिंहले बताए। केटी जिस्काउँदा स्थानीय आक्रोसित भएर मोटरसाइकल जलाईदिएको र मोटरसाइकल पूर्णरुपमा ध्वस्त भएको एसपी सिंहले जानकारी दिए।

घटना बुधवार राति १० बजेतिर भएको थियो। घटना बारे थप बुझ्न जिप्रकाको टोली बिहीबार बिहानै त्यसतर्फ गएको एसपी सिंहले बताए।

No comments:

Post a Comment