उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा तथा माओबादी नेता दिपेश पुन पनि एमालेकै लाइनमा,उनले भने –‘अब त काङ्ग्रेसको आँखा खुल्यो होला नि, एमालेले अझै बढी ल्याइदिए हुने’

झण्डै २० वर्षपछि भएको पहिलो चरणको स्थानीय निकायको निर्वाचन सफलता पुर्वक सम्पन्न भएको छ । वि.सं. २०७४ बैशाष ३१ गते आईतबारका दिन निर्वाचन सफलता पुर्वक सम्पन्न भएको हो ।
पहिलो चरण अन्तरगत ३, ४ र ६ प्रदेशमा भएको निर्वाचनको मतगरणा शुरु भईसकेको छ । केही जिल्लाहरुमा भएको मत परिणाममा नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेले अग्रता कायम गरेको हुनाले देश अब एमालेमय बन्ने संकत दिंदै विभिन्न बुद्धिजीविहरुले आ–आफ्नो विचारहरुलाई सामाजिक सञ्जालहरुमा पस्किरहेका छन् । “०७४ साल एमालेलाई मालामाल । आयो एमाले छायो एमाले देशै भरी फैलियो एमाले” भन्ने जस्ता स्टाटस् राखेर फेसबुक र ट्वीटरमा विभिन्न व्यक्तिहरुले आफ्ना विचार पस्किरहेका छन् ।
निवार्चन हुनु पुर्व नेकपा एमालेले राप्रपासंग गरेको गठबन्धनको विषयलाई कंग्रेसका केही विश्लेशकहरुले एमालेका लागि यो गठबन्धन घातक हुने भन्दै विभिन्न तर्कहरु दिएका थिए भने माओबादी केन्द्रका केहीले एमालेले कम्नियुष्टको छवी बिगार्याे भन्दै चिन्ता व्यक्त गरेका थिए । जस्ले जे जसरी आफ्ना अभिव्यक्ति दिएपनि एमालेका लागि त्यो सकारात्मक थियो । फरक पार्टी र विचारको हुँदाहुँदै पनि एमाले प्रति चिन्ता व्यक्त गर्नु यो एमालेको पुर्व जीतको निम्ति फुकिएको बिगुल थियो भनेर बुझ्दा हुन्छ । यसैको नतिजा हो अहिले मतगरणा भएका ठाउँहरुमा एमालेले अग्र स्थानमा लिनु ।
राप्रपासंगको एमालेले गरेको गठबन्धनलाई मनैदेखि चित्त नबुझाएका माओबादी केन्द्रका एक नेता हुन् दिपेश पुन पनि । जस्को परिचय अखिल क्रान्तिकारीका केन्द्रिय सचिवको रुपमा छ भने त्यो भन्दा पनि ठूलो र बहुचर्चित परिचय उनका बाबु उपराष्ट्रपति नन्द किशोर पुनको छोरा भनेर चिनिएको छ । तिनै दिपेशले पछिल्लो समय आफ्ना फेसबुक पेजमा माओबादी अड्डा भएको स्थानमा माओबादीले ल्याएको अग्रताको समाचारलाई पस्किरहेका थिए । तर एकाएक जब मत गरणा भएको सबै बुथहरुमा एमालेको बर्चस्व कायम भएको समाचार बाहिरिन थाल्यो तब उनले आफ्ना फेसबुकको स्टाटसमा आफुहरुले गबन्धन गरेको कंग्रेसको विपरित गएर एमालेलाई यसरी समर्थन गरेको देखियो । उनले आफ्नो फेसबुकमा स्टाटस राख्दै भनेका छन् ‘अब त काङ्ग्रेसको आँखा खुल्यो होला नि ?एमालेले अझै बढी ल्याइदिए हुने’
Sponsored by Revcontent

No comments:

Post a Comment