बिप्लव कार्यकर्ताले निर्वाचन सामग्री लुटेर नष्ट पारे
नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शनिबार बिहान साढे १० बजेतिर रारा छायानाथ नगरपालिकामा निर्वाचन सामग्री लुटेर नष्ट गरेका छन् ।
सदरमुकाम गमगढी बजारदेखि तीन घन्टाको पैदल दूरीमा पुगिने रारा छायानाथ नगरपालिका-१२ मा पर्ने शोभा गाउँमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतपत्र, मतपेटिकालगायत सबै निर्वाचन सामग्री लुटेर नष्ट गरिएको हो ।
सुरक्षाकर्मी खाना खाइरहेका समयमा झण्डै चार सयको सङ्ख्यामा आएका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिई सबै निर्वाचन सामग्री लुटेका हुन् । घटनापछि नेपाली सैनिकलगायत आवश्यक निर्वाचन सामग्री तथा थप सुरक्षाकर्मी उक्त मतदान केन्द्रमा पठाइसकिएको र आइतबार निर्धारित समयमा नै मतदान प्रक्रिया सुरु हुने प्रजिअ शरदकुमार पोखरेलले बताउनुभयो । उक्त मतदान केन्द्रमा तीन सय २४ मतदाता छन् । रासस
Subscribe to:
Post Comments (Atom)
-
म मेरो वास्तविक कथा सुनाउदै छु , मेरो घर ओख्स्लढुङ्गा हो !म फुपुको घर काठमाडौ जान भनेर हिँडे ।। करिब एक दिन भरिको बसको यात्रा पछि म काठमाडौ ...
No comments:
Post a Comment