दोलखा प्रहरीको सूचना शाखाले डिसी नेपाललाई दिएको जानकारी अनुसार नेपाली कांग्रेस समर्थित केही युवाहरुले निर्वाचन भइहरेको अस्थामा बुथ क्याप्चर गर्न आएपछि प्रहरीले हवाई फायर गरेको थियो।
‘दिउँसो तीन बजेर १५ मिनेटमा कांग्रेस कार्यकर्ता बुथ क्याप्चर गर्न आएपछि प्रहरीले हवाइ फायर गरेको थियो,’ प्रहरीले डिसी नेपालसँग टेलिफोनमा भन्यो ‘कांग्रेस कार्यकर्ता रोक्नका लागि प्रहरीले केही राउण्ड हवाइ फायर गरेको थियो, केही मानिस घाइते भएको भन्ने आएको मृत्युका विषयमा आधिकारिक जानकारी आएको छैन। घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।’
केही अन्य व्यक्ति पनि गोली लागेर ढलेका बताइएको छ।
पछिल्ला दिन चुनावी हिंसाका घटना सबैभन्दा बढि भएको जिल्लाका रूपमा दोलखा निरन्तर चर्चामा छ। यस अगाडी एमाले कार्यकर्ताको चुनावी हिंसामा मृत्यु भएको थियो।
दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले घटनाको पुष्टी गरेका छन्। उनले भने 'बुथ कब्जा र मतदान सामग्री लुट्न आएको समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको हो।'
No comments:
Post a Comment