बुहारीलाई न्याय दिन नसक्नेले जनतालाई देलान




काठमाडौं,२९ बैशाख ।
जनयुद्धकालमा बहुविवाह गर्नेलाई भाटे कारबाही गर्न आदेश दिने माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै बुहारी सिर्जना ित्रपाठी र नातिलाई न्याय दिन सकेका छैनन् ।
दाहालले सिर्जनाबाट जन्मिएको आफ्नै नातिको जन्मदर्ता समेत गरेका छैनन् । जसका कारण त्यो अबोध बालकले स्कुलसमेत भर्ना हुन नपाएको कुरा सार्वजनिक भएको छ ।
द्वन्द्वकालमा बहुविवाह गरेको वा परपुरुष वा परस्त्रीसँग सम्बन्ध राखेका कारण माओवादी कयौं छापामारले यातना मात्रै पाएनन्, ज्यान समेत गुमाएका थिए । तर उनका छोरा प्रकाशले तीन वटी श्रीमती विवाह गरेका छन् ।
सामान्य जनताका छोरा भए बहुविवाहको आरोपमा जेलमा जानुपथ्र्यो तर प्रकाश दाहाल प्रधानमन्त्री दाहालका स्वकीय सचिव छन् । र, प्रकाश दाहालकै हैकम सिंहदरवारदेखि बालुवाटारसम्म चलेकाले धेरै सल्लाहकार र निजी सचिवालायका कर्मचारीहरु कार्यालयमा जानै छाडेका छन् । उनी छायाँ प्रधानमन्त्री जस्तै छन् । उनी र उनकी कान्छी श्रीमती विना मगरले सरुवा बढुवादेखि ठेक्कापट्टामा समेत दबाब दिने गरेका छन् ।
प्रचण्डका छोरा प्रकाश दाहाल(साकार)की माइली श्रीमतीका रुपमा विवाह गरेर भित्र्याइएकी बुहारी सिर्जना पोखरास्थित माइतीको शरणमा बस्दैआएकी छिन् । माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले विवाह गरेर भित्र्याएकी बुहारीलाई त न्याय दिन सकेनन् भने तमाम महिलाहरुलाई उनले के न्याय देलान् ? महिला अधिकारवादीहरुले माओवादी अध्यक्ष दाहालकी बुहारीले न्याय पाउनुपर्ने सवाललाई गम्भीरतापूर्वक उठाउन सकेका छैनन् ।
उनलाई दाहाल परिवारले धम्की दिएर मिडियामा बोल्न समेत प्रतिबन्ध लगाएको छ ।
माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाश दाहालकोे दोस्रो बुहारीका रुपमा ०६४ माघ ३ मा प्रचण्डको घरमा भित्रिएकी थिइन् । तर बिहे गरेको ६ बर्षमै सिर्जना प्रचण्ड निबासबाटै निकालाको सिकार मात्रै भइनन् उल्टै यातना समेत भोग्न बाध्य भइन् ।
प्रचण्डले घरबाट निकालेपछि सिर्जना पोखरास्थित माइतीघरको शरणमा छिन् । र उनी आफ्नो श्रीमान र ससुराप्रति आक्रोशसँगै पीडा पोखिरहेकी छिन् । सिर्जनाले सासु सीताको अपमान र यातनाका कारण माइत आएर वस्नु परेको गुनासो पोख्दा पनि महिला अधिकारवादीहरुले यसमा केही बोलेनन् ।’ प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई अहिलेसम्म विवाह दर्ता समेत नभएकोमा दुखेको पोख्दैआएकी छिन् ।
प्रकाशले माओवादीकै कार्यकर्ता शंकर अधिकारीकी श्रीमती बिना मगरलाई भगाएर ल्याएपछि पार्टीमा ठूलै विवाद भयो । जनयुद्धमा बहुविवाह गर्दा कारबाही गर्ने पार्टीकै अध्यक्षको छोराले अर्काकी श्रीमती भगाएको बिषयलाई छल्न प्रचण्डले प्रकाश र विनालाई ६ महिना निलम्बन गरेका थिए । तर अहिले प्रकाश र विनालाई प्रधानमन्त्री कार्यालयका छायाँ प्रधानमन्त्री भन्ने गरिन्छ ।
एक अबोध नारीलाई विवाह गरेर बुहारी स्वीकार गर्न नसक्ने र नातिलाई जन्मदर्ता समेत नदिने प्रचण्डले अरुलाई अधिकारको पाठ सिकाउने गरेका छन् ।

साभार :- रातो सुर्य बाट

No comments:

Post a Comment