भर्खरै भरतपुरबाट आयो नसोचेकै नयाँ मत परीणाम : एक्कासी मत परीणाम यस्तो आए पछी एक पटक फेरी हल्लीखल्ली चल्ने भो ! एमालेलाई भो नसोचेकै यस्तो परिणाम अब के होला



चितवन । भरतपुर महानगरपालिका प्रमुखको मतान्तर झनै फराकिलो हुँदै गएको छ । पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल एमालेका देवी ज्ञवालीसँग फराकिलो मतले पछि परेकी छन् । ज्ञवालीले ४८०७ मत ल्याएका छन् भने रेणु २९५६ मत पाएकी छिन् । उपप्रमुखमा पनि मत अन्तर फराकिलो हुँदै गएको छ ।

यता कीर्तिपुर नगरपालिकाको वडा नं ३ मा नेकपा (एमाले) को प्यानल विजयी भएको छ ।


वडा अध्यक्षमा राजेन्द्र महर्जन ७११ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रसका गोपाल श्रेष्ठले ६९९ मत प्राप्त गरेका हुन् । त्यसैगरी, विजयी सदस्यमा मिलन महर्जन, ज्ञानप्रसाद महर्जन, नन्ददेवी महर्जन र रुकु विश्वकर्मा छन् ।

पछिल्लो मत परिणामअनुसार नगरपालिका प्रमुख पदका उम्मेदवार एमालेका रमेश महर्जन दुई हजार ४७५ मतका साथ अग्रस्थानमा छन् । नेपाली काँग्रेसका उम्मेदवार राजकुमार नकर्मी दुई हजार ३६५ मतका साथ दोस्रो स्थानमा छन् । उपप्रमुख पदमा एमालेका उम्मेदवार सरस्वती खड्का दुई हजार ३४० मतका साथ पहिलो स्थानमा र काँग्रेसका विमला विष्ट दुई हजार सत्तरी मतका साथ दोस्रो स्थानमा छन् ।

No comments:

Post a Comment