छोरी रेणुले चुनाव हारे काँग्रेसलाई प्रचण्डले सत्ता नछोड्ने सूचनापछि देउवा तनाबमा








काठमाडौँ । चितवनको भरतपुरमा मेयरमा उठेकी प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहालले निर्वाचन हारेमा प्रचण्डले काँग्रेसलाई सत्ता नसुम्पने सूचना पाएपछि शेरबहादुर देउवा तनावमा परेका छन् ।

निर्वाचन सम्पन्न भएर मत ब्यालेट बक्समा कैद भईसकेको अवस्थामा सोमबार बिहानबाट भरतपुरको मत गणना हुँदैछ । यसअवस्थामा देउवा र प्रचण्डले चाहँदैमा निर्वाचन प्रभावित नहुने निश्चित भएपनि भरतपुरको परिणामप्रति दुवैलाई उत्तिकै चाँसो र चिन्ता छ ।

प्रचण्डले आफ्ना भित्रियासँग छोरी रेणुले हारेको अवस्थामा देउवासँगको सहमति कार्यान्वयन गर्नैपर्ने बाध्यता नहुने र सरकार नछोड्ने बताएको सूचना देउवाले पाएका छन् । यो खबरसँगै देउवा रेणुले जसरी पनि जितिदिए हुन्थ्यो भन्दै कामना गरी बसेका छन् ।

प्रचण्ड काँग्रेससँग सहमति र सहकार्य गर्ने पार्टीको योजनालाई केही समयसम्म निरन्तरता दिने मुडमा रहेपनि भरतपुरमा आफुहरुलाई धोका भए सहकार्य गर्नुपर्ने बाध्यता नहुने बताउने गरेका छन् । काँग्रेसबाट भरतपुरमा धोका भएको अवस्थामा एमालेसँगको सहकार्यको बाटो खुल्ने प्रचण्डले भित्रियासँग बताउने गरेका छन् ।

आफुहरुले पोखरामा काँग्रेसलाई ईमान्दारीतापूर्वक सहयोग गरेको र सोही अनुसारको व्यवहार काँग्रेसबाट पनि हुनुपर्ने प्रचण्डको भनाई छ ।

भरतपुरमा रेणुलाई समर्थन गर्ने काँग्रेसको निर्णयमा धेरै नेता, कार्यकर्ता असन्तुस्ट रहेका छन् । देउवाले असन्तुष्टिका बाबजुतपनि ८० प्रतिशत आफ्ना कार्यकर्ताको मत रेणुलाईनै जाने रिपोर्ट आएको प्रचण्डलाई बताएका थिए ।

जवाफमा प्रचण्डले माओवादीलाई ५० प्रतिशत मात्रै काँग्रेसको मत आएपनि आफुहरु जित्ने बताएका थिए । उनले काँग्रेसको बाँकी मत मेयरमा उम्मेदवार नउठेपनि काँग्रेसलाई दिए केही फरक नपर्ने तर काँग्रेसको १० प्रतितशत भन्दा बढी मत कुनै हालतमा एमालेलाई जान नहुने बताएका थिए ।

रेणुलाई जिताउनकै लागि प्रचण्ड र देउवा गत बिहिबार चितवन पुगी एउटै मञ्चबाट भाषण गरेका थिए । भरतपुरमा मतदान गरे लगत्तै आईतबार प्रचण्डले तालमेल अनुसारनै आफुले काँग्रेसलाई निर्वाचनमा मतदान गरेको जानकारी दिएका थिए ।

प्रचण्डले देउवासँग आगामी जेठ ४ गते सरकारबाट राजीनामा दिने र देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने दुई नेताबीच भद्र सहमति भएको छ । तर भरतपुरको निर्वाचन परिणामले सहमति कार्यान्वयनमा निर्भर हुनेभएपछि अहिले देउवाले काँग्रेसले जित्ने भन्दा पनि भरतपुरमा रेणुले जित्ने हुनकी होईनन् भन्ने चिन्ताले पिरोलेको छ ।

No comments:

Post a Comment