चितवन पुगेर प्रधानमन्त्रीले मत खसाले, सोधियो- कांग्रेसलाई मत हाल्नु भो? दाहालको जवाफ-





काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनबाट मतदान गरेका छन्। उनी चितवनका मतदाता हुन्। मतदान सुरू भएको पहिलो क्षणमा उनले मत खसालेका हुन्।
भरतपुर महानगरपालिकाबाट दाहालपुत्री रेणु दाहाल मेयर उम्मेद्वार छन्। यहाँ नेपाली कांग्रेस र माअोवादीबीच चुनावी तालमेल छ। तालमेल अनुसार दाहालले उप मेयरमा कांग्रेस उम्मेद्वारलाई मत हाल्नु पर्ने हुन्छ।

गोप्य मतदान गरेर निस्कने क्रममा पत्रकारले दाहाललाई सोधे 'भन्न मिल्छ के मा मत हाल्नु भो?' दाहालले जवाफ फर्काए- 'यो महत्वपुर्ण विषय हैन, चुनाव उत्साहजनक हुँदैछ, त्यो महत्वको हो।' (प्रम दाहालले मतदान गरेको यो फाइल तस्बिर हो)

No comments:

Post a Comment