माओवादी कार्यकर्ताको आक्रमणमा एमाले उम्मेद्वारका छोराको मृत्यु
दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच झडप हुँदा एकजनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।
झडपमा एमाले कार्यकर्ता गौरीशंकर गाउँपालिका–१ जुँगुका अन्दाजी ३३ वर्षका राजेश भनिने कुल बहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको बुवा स्थानीय तह चुनावमा खुल्लाबाट वडा सदस्यको पदमा उम्मेद्वार हुनुहुन्छ ।
झडपमा जुगु निलकण्ठेश्वर माविका शिक्षक समेत रहेका गौरीशंकर गाउँपालिका–२ का दिल बहादुर बुढाथोकी घाइते हुनुभएको छ । घाइते बुढाथोकीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि काठमाडाैं रेफर गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार राति एमाले कार्यकर्ता बास बसेको ठाउँमा माओवादीका कार्यकर्ताले आक्रमण गरेका स्थानीय बासिन्दाले जनाएका छन् ।
प्रहरीले भने घटना कसरी भयो भन्नेबारे अनुसन्धान भैरहेको जनाएको छ । झडपमा एमाले कार्यकर्ताले प्रयोग गरेको तीनवटा मोटरसाइकल र तीनवटा बोलेरो जीपमा समेत आगो लगाइएको छ ।
Subscribe to:
Post Comments (Atom)
-
मिस तनहुँ २०१५ साथै प्रोफेशनल स्टन्ट राइडर सुजना श्रेष्ठ देश भरीका हजारौं राइडरहरुसंगै कडा मेहनतका साथ प्रतिस्पर्धा गर्दै बजाज कम्पनीले आयोज...
No comments:
Post a Comment