एमालेका यीनै व्यक्तिले मनाङमा नेपाली काग्रेसलाई पाखा लगाउदै इतिहासमै पहिलोपटक चुनाव जिते



हिमालपारीको जिल्ला मनाङमा नेकपा एमालेले इतिहासमै पहिलोपटक चुनाव जितेको छ । मनाङमा एमालेले चुनाव जितेको इतिहासमै यो पहिलो पटक भएको जिल्ला अध्यक्ष त्रिपल पी गुरुङले बताए ।सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी शुरुवात गरेको थियो । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् । उनले १६९ मत प्राप्त गरेर बिजयी हुँदा एमालेकी टिकनदेवी गुरुङ ९ मतले पछि परिन् ।

आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन पछि निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले उत्साहपूर्णरुपमा मतदान सम्पन्न भएकोमा आयोग सन्तुष्ट रहेको बताएका छन् । ३४ जिल्लाका २ सय ८१ तहमा आइतबार निर्वाचन भएको जानकारी दिदै काभ्रे, कालिकोट र दोलखाको एक एक मतदान केन्द्रमा मतदान स्थगित भएको यादवले जानकारी दिएका छन् । मतदाताको मत मतपेटिकामा बन्द भइसकेको अवस्थामा मतगणनाबाट आउने परिणामलाई सम्मान गर्न र लोकतान्त्रिक पद्धति र प्रक्रियाको सम्मानगर्न सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ । बेलैमा राजनीतिक सहमति नहुँदा छोटो समयमा पनि आयोगले सफलतापुर्वक निर्वाचन सम्पन्न गर्न सफल भएकोमा सन्तोष व्यक्त गरेको छ । साथै आयोगले पहिलो चरणको निर्वाचन सफलरुपमा सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन पनि सफलरुपमा सम्पन्न हुने वातावारण बनेको आयोगले जनाएको छ

-

No comments:

Post a Comment