महांकाल गाउँपालिकाको वडा नं ६ मा एमाले उम्मेद्वार विजयी -


काठमाडौं ।

ललितपुरको महांकाल गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा एमालेका उम्मेद्वार विजयी भएका छन् । वडा अध्यक्षमा एमालेका उम्मेद्वार रामकृष्ण आचार्यले ३६१ मत ल्याएर विजयी हुनुभएको हो ।

यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याउनुभयो । यस्तै गाउँपालिका प्रमुखमा भने स्वतन्त्र उम्मेद्वार (साझा पार्टीका) गणेश केसी अघि रहनु भएको छ । उहाँले ३१७ मत ल्याउनुभएको छ ।

यस्तै प्रमुखमा एमाले उम्मेद्वार रामचन्द्र दाहालले २५५, माओवादीका उम्मेद्वार बुद्धबहादुर नेगीले १३२ तथा कांग्रेस उम्मेद्वार भीमसेन घिमिरेले १०८ मत ल्याउनुभएको छ ।

गाउँपालिका उपप्रमुखमा भने एमाले उम्मेद्वार कमला लामा तामाङ ३६६ मतसहित अघि रहनु भएको छ । यस्तै कांग्रेसकी सुशीला अधिकारीले २२५ तथा माओवादीकी विमलादेवी आचार्यले १७३ मत पाउनु भएको छ । वडा नम्बर ६ मा कुल ८८८ मत सदर भएको छ ।

No comments:

Post a Comment